प्याब्सन, बजार प्रतिनिधि र बैकर्स सेमिफाइनलमा
नेपालगञ्ज – धारा दोस्रो जुमा कप बस्तुगत तथा पेशागत फुटबल प्रतियोगितामा प्याब्सन, बजार प्रतिनिधि र बैकर्स सेमिफाइनलमा पुगेका छन् । एउटा सेमिफाइनल टोलीको टुंगो आइतबार विहानको खेलबाट लाग्ने छ ।
शनिबार पाँच वटा खेल भए । बैकर्स टोली बार एशोसियसन र टेलिकमलाई पराजित गर्दै सेमिफाइनलमा पुग्यो । बारलाई १७ गोल हानेको बैकर्सले टेलिकमलाई दुई गोल हान्यो ।
प्रतियोगिताको दाबेदार मानिएको प्याब्सनले रेडिमेटलाई ३–० गोले पराजित ग¥यो । लगातार दोस्रो खेल जितेको प्याब्सनले सेमिफाइनलमा बैकर्ससँग खेल्ने छ ।
बजार प्रतिनिधिले स्वास्थ्यलाई ३–१ गोलले पाखा लगाएर सेमिफाइनलमा पुग्यो । आज नै भएको खेलमा खुद्रा व्यवसायी संघ र सहकारी बराबरी भए । दुवैले एक÷एक गोल गरे । जिल्ला सहकारी र इन्टरनेट प्रदायकका बीचमा आइतबार हुने खेलबाट यो समूहको सेमिफाइनलको टोली तय हुनेछ । यो समूहमा खुद्रा व्यवसायीको चार अंक छ भने सहकारीको एक अंक रहेको छ ।
चैत्र २ गतेसम्म चल्ने प्रतियोगितामा १२ वटा टीमले भाग लिएका छन् । जुमा स्पोर्टस क्लवका अध्यक्ष भीम रानाभाटका अनुसार, खुद्रा व्यवसायी संघ, इन्टरनेट प्रदायक, जिल्ला सहकारी संघ, नेपाल टेलिकम, नेपाल बार एशोसियसन, बैकर्स संघ, बजार प्रतिनिधि, अटोमोबाइल्स, नेपाल स्वास्थ्य संघ, प्याब्सन बाँके, किराना व्यवसायी संघ र रेडिमेट व्यापार संघले भाग लिएका छन् । प्रतियोगिताको विजेतालाई एक लाख दश हजार पाँच रुपैया पुरस्कार राखिएको छ ।