बाह्रबोर र भरुवा बन्दुकसहित थारु पक्राउ
नेपालगञ्ज – बाँके प्रहरीले बाह्रबोर र भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ ।
प्रहरीले राप्तीसोनारी–५, जबरपुरबाट ऋषिराम थारुलाई हतियारसहित पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय, धामपुरका इन्चार्ज प्रहरी सहायक निरीक्षक फत्तेसिंह थारुको नेतृत्वमा गएको प्रहरीले शनिबार विहान ९ बजे थारुको घरमा छापा मारेको थियो ।
प्रहरीले थारुको घरबाट भरुवा बन्दुक २ थान, छोरा ओमप्रकाश थारुको घरबाट १ थान बाह्रबोर बन्दुक र उनको भाई लालबहादुर थारुको घरबाट १ थान कटुवा पेस्तोल, त्यसमा लाग्ने बारुद १ किलो, सटगनमा लाग्ने खोका ५० वटा, सटगण जेगिराउन्ड १ वटा, ३ थान जरायोको सिंह, बँदेलको दाँत १० वटा, चितलको दाँत ४ वटा, दुम्सीको प्वाँख फेला पारेको पारेको छ ।
थारु २०७४ सालको निर्वाचनमा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालबाट गाउँपालिका अध्यक्ष र बांँके १ नम्बर निर्वाचन क्षेत्र ‘क’ बाट प्रदेश संसदको उम्मेदवार थिए । धामपुरमा कार्यरत प्रहरी जवान टेकेन्द्र सिंहका अनुसार, फरार लालबहादुर र ओमप्रकाशको भइरहेको छ ।