प्रहरी बनाइदिने भन्दै ६ लाख लिएका मल्ल पक्राउ

नेपालगञ्ज – प्रहरी बनाइदिन्छु भन्दै ६ लाख रुपैया लिएका आशिष भन्ने धर्मराज मल्ललाई बाँके प्रहरीले पक्राउ गरेको छ ।
बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले प्रहरी बनाइदिने भन्दै ६ लाख रुपैया लिएको उजुरी आएपछि मल्ललाई नियन्त्रणमा लिएको बताउनुभयो । मल्लले दुई जनाबाट तीन÷तीन लाख रुपैया लिएको खुलेको छ ।
२०७६ सालमा सिपाही बनाइदिन्छु भनेर मल्लले पैसा लिएका थिए । त्यो लटमा प्रहरी हुन नसकेपछि पैसा फिर्ता मागिएको थियो । त्यसलगत्तै प्रहरीमा फेरि भर्ना खुलेकाले अबको लटमा बनाइदिने भन्दै पैसा फिर्ता गरिएको थिएन । गत असारमा नतिजा आएको यो लटमा समेत प्रहरी हुन नसकेपछि पैसा फिर्ता मागिएको थियो । मल्लले दिन्छु, दिन्छु भनिरहेका थिए । लामो समयसम्म पैसा फिर्ता नगरेपछि पीडितहरु प्रहरीकहाँ पुगेका हुन् ।
बाँके प्रहरीले मल्ललाई ठगीमा कारबाही गर्ने तयारी गरेको छ ।


error: यो सुविधा उपलब्ध छैन !