साझा प्रजातान्त्रिकको उम्मेदवारी दर्ता
नेपालगञ्ज – आगामी माघ ११ गते हुने नेपालगञ्ज उद्योग बाणिज्य संघको निर्वाचनमा ललितकुमार रौनियार नेतृत्तको साझा प्रजातान्त्रिक उद्योगी व्यावसायी समूहले मनोनयन दर्ता गरेको छ ।
साझा प्रजातान्त्रिक उद्योगी व्यावसायी समूहको प्रचार सचिवालय भानुभक्त चोक न्यूरोडमा भेला भएका उद्योगी व्यवसायी न्यूरोड, धम्वोजी, घरबारी टोल, त्रिबेणीमोड हुँदै मनोनयन दर्तास्थल उद्योग बाणिज्य संघको कार्यालय त्रिभुवन चोक पुगेका थिए ।
साझा प्रजातान्त्रिक उद्योगी व्यावसायी समूहको तर्फबाट अध्यक्षमा ललितकुमार रौनियारको उम्मेदवारी दर्ता भएको छ । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य सुनिल शर्मा प्रस्ताबक र निर्वाचन प्रचार प्रसार सचिवालयका संयोजक ध्रुव प्रसाद दाहाल र व्यापारी प्रल्हाद लखेरको समर्थकमा रौनियारले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
यो समूहकोे तर्फबाट उद्योग उपाध्यक्षमा तपेन्द्र विक्रम शाह र बाणिज्य उपाध्यक्षमा अमित बस्नेतको उम्मेदवारी दर्ता भएको छ । सदस्य पदमा अजय कुमार टण्डन, सुुनिल सिंघल, बिन्दु चर्तीमगर, टेकबहादुर खड्का, बदरुदिन अन्सारी, बिष्णुप्रसाद श्रेष्ठ, टंकप्रसाद शर्मा, मख्खन बहादुर धामी, सन्तोषकुमार बैश्य, तेजनारायण कँडेल, दिपेन्द्रराज श्रेष्ठ र सुरेन्द्र सिंह सरदारको मनोनयन दर्ता भएको छ ।
उम्मेदवारी दर्ता गर्न जाने क्रममा निकालिएको ¥यालीमा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणा, व्यापारी नेताहरु सुनिल कुमार शर्मा, गोपाल अधिकारी, याकुव अन्सारी, प्रदीप गुप्ता, सफिक बेहना, रमेश गुप्ता, बिष्णु लामिछानेलगायतको सहभागीता रहेको थियो ।