मोजामा ब्राउनसुगर

नेपालगञ्ज – कारोबारीले विभिन्न ठाउँमा राखेर लागु औषधी ल्याउने गर्दछन् । शनिबार एकजनाले मोजाभित्र राखेर ल्याएको ठूलो मात्राको ब्राउनसुगर बरामद भएको छ ।
बाँके राप्तीसोनारीका रुद्र शाहले कललापसन्दको खोलमा बाया खुट्टटाको मोजाभित्र राखेर ल्याउदै गरेको ९ ग्राम ब्राउनसुगर बरामद भएको हो । नाकामा रहेको लागु औषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालयको टोलीले शाहलाई पक्राउ गरेको थियो ।
सीमावर्ती भारतीय शहर रुपैडिहाबाट १५ हजार भारुमा लागु औषधी किनेर नेपालगञ्ज प्रवेश गरेका शाहलाई प्रहरीले खानतलासी गर्दा लागु औषधी भेटिएको थियो । शाह लागु औषधीको कारोबार भएको प्रहरीले बताएको छ ।


error: यो सुविधा उपलब्ध छैन !