समावेशी प्यानलको उम्मेदवारी दर्ता
नेपालगञ्ज – नेपालगञ्ज उद्योग बाणिज्य संघको निर्वाचनका लागि समावेशी प्यानलले उम्मेदवारी दर्ता गराएको छ । माघ ११ गते संघको निर्वाचन हुँदैछ ।
समावेशी प्यानलका उम्मेदवारहरु समर्थकहरुसहित नेपालगञ्ज उद्योग बाणिज्य संघको कार्यालयमा रहेको निर्वाचन आयुक्तको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । न्यूरोडमा रहेको सचिवालयबाट निस्केका समावेशी प्यानलका उम्मेदवार तथा समर्थकहरु बजार परिक्रमा गरेर संघमा पुगेका थिए ।
बजार परिक्रमा गर्दा नेपालगञ्जका व्यापारी नेताहरु दामोदर आचार्य, कृष्णप्रसाद श्रेष्ठ, नन्दलाल बैश्य, अशोक कर्माचार्यलगायतको उपस्थिति थियो ।
समावेशी प्यानलबाट अध्यक्षमा अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’, उपाध्यक्ष (वाणिज्य) तर्फ ज्ञानेन्द्र श्रेष्ठ, उपाध्यक्ष (उद्योग) तर्फ आदेश अग्रवालले उम्मेदवारी दर्ता गरेका छन् ।
सदस्यहरुमा टंक धामी, अब्दुल वाहिद अन्सारी, श्यामसुन्दर अधिकारी, चिरञ्जीवी ओली, हरिलाल न्यौपाने, राजेश बैश्य, धर्म अर्याल, बिजय भण्डारी ‘बासु’, जहाँगिर मुसलमान, सुनिल बानिया ‘पप्पु’, मन्दिरा पाण्डे, भिम रानाभाटले उम्मेदवारी दर्ता गराएका छन् । समावेशी प्यानलबाट बस्तुगततर्फ भीमलाल कँडेल (होटल व्यवसायी संघ बाँके), सिद्धान्तजंग राणा (टेन्ट व्यवसायी संघ बाँके, एशोसियट तर्फ दिपेन्द्र विष्ट र सुभाषविक्रम जिसीले उम्मेदवारी दर्ता गरेका छन् ।