किन लगाएनन् जनप्रतिनिधिले खोप ?
नेपालगञ्ज – बाँकेका थोरै जनप्रतिनिधिले मात्रै कोरोनाविरुद्धको खोप लगाएका छन् ।
जिल्लामा ३ सय ९० जनालाई खोप लगाउने लक्ष्य लिइएकोमा १ सय ६२ जनाले मात्रै खोप लगाएका छन् । जनप्रतिनिधिलाई नै समेट्नका लागि खोप लगाउने अवधि दुई दिन बढाइएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेज वलीले जनप्रतिनिधिलाई लक्षित गरेर खोप लगाउने अवधि दुई दिन बढाइएको जानकारी दिनुभयो । ‘खोप लगाउन तोकिएको मिति हिजो नै सकिएको छ । बाँकेमा जनप्रतिनिधि, पत्रकार र प्रहरीका लागि आज र भोली खोप लगाइने भएको छ, फोकलपर्सन वलीले भन्नुभयो ।
बाँकेमा समग्रमा ९५.२६ प्रतिशतले खोप लगाएको बताइएको छ ।