चितुवाको छाला र भारु नोट बरामद

नेपालगञ्ज – बाँके प्रहरीले चितुवाको छालासहित तीन जनालाई पक्राउ गरेको छ ।
राप्तीसोनारी गाउँपालिका वडा नं. १, कुसुमबाट सल्यानका तीन जनालाई दुई थान चितुवाको छालासहित पक्राउ गरिएको हो ।
बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाका अनुसार, सल्यानका जीतबहादुर डिसी, हिमेन्द्र वली र कमल डिसीलाई दुई थान चितुवाको छालासहित पक्राउ गरिएको छ । जीतबहादुरले दुई वर्षअघि पासोमा पारेर चितुवालाई मारेका थिए । उक्त छाला नेपालगञ्जमा बेच्न आउदा उनीहरुलाई पक्राउ परेको एसपी रानाले बताउनुभयो ।
प्रहरीले दश लाख रुपैया भारुसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतबाट हिड्दै नेपालगञ्ज आउदै गरेका दिल्ली जफ्फारावादका मुनवर खानलाई प्रहरीले दश लाख भारुसहित पक्राउ गरेको हो । खान नेपालमा पितलको धुलो खरिद गर्न आएको बुझिएको छ ।
बाँके प्रहरीले पत्रकार सम्मेलन गरेर एक लाख पचास हजार एक सय ६५ रुपैयासहित नौ जना जुवाडेलाई पक्राउ गरेको जानकारी दिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !