अधिकारी बंश प्रतिष्ठानमा माधव
नेपालगञ्ज – बाँकेमा बसोबास गरिरहेका कश्यप गोत्रीय अधिकारी बंश प्रतिष्ठानको अध्यक्षमा माधव अधिकारी चयन हुनु भएको छ ।
नेपालगञ्जमा शनिबार भएको तेस्रो जिल्ला अधिवेशनले माधव अधिकारीलाई अध्यक्षमा चयन गरेको हो । प्रतिष्ठानको उपाध्यक्षमा गोपाल अधिकारी र श्यामसुन्दर अधिकारी, सचिवमा कृष्णप्रसाद अधिकारी, सहसचिवमा कृष्ण अधिकारी र धुव्रकुमार अधिकारी कोषाध्यक्ष हुनु भएको छ ।
सहसचिव कृष्ण अधिकारीका अनुसार, प्रदीपकुमार अधिकारी, रमेशचन्द्र अधिकारी, कुमार अधिकारी, लता अधिकारी, तुलसी अधिकारी, तुला अधिकारी, उदय अधिकारी, रोमकान्त अधिकारी र कल्पना अधिकारी सदस्यमा चयन हुनु भएको छ ।
प्रतिष्ठानले कश्यप गोत्रीय अधिकारी बंशलाई संगठित गर्ने काम गरिरहेको छ ।