मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता शुरु

नेपालगञ्ज – नेपालगञ्जमा अन्तर पुनस्र्थापना मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता शुरु गरिएको छ ।
बाँके प्रहरी, सामुदायिक प्रहरी सेवा केन्द्रको समन्वयमा बाँके जिल्ला ब्याडमिन्टन संघले आयोजना गरेको प्रतियोगितामा १५ वटा टीमको सहभागिता रहेको छ ।
नेपालगञ्ज र कोहलपुरमा रहेका डेढ दर्जन पुनस्र्थापना केन्द्रमा रहेकाहरुको प्रतियोगितामा सहभागिता रहेको छ ।
प्रतियोगिताको उद्घाटनमा बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर राना, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दिपेन्द्रकुमार जोशी, ब्याडमिन्टन संघका अध्यक्ष सञ्जय थापाले विकृति विसंगतिमा जानेर नजानेर मानिसहरु फसिरहेकाले उनीहरुलाई सही बाटोमा ल्याउने माध्यम खेलकुद भएको बताउनुभयो ।
प्रतियोगिता भोलीसम्म चल्नेछ । बाँकेमा लागु औषधीको लतमा फसेका करिव चार सय जना पुनस्र्थापना केन्द्रमा रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !