बेचबिखनविरुद्ध यातायातकर्मीलाई अभिमुखीकरण

बर्दिया – माइती नेपाल, बर्दियाले मानब बेचबिखन तथा ओसारपसारबिरुद्ध यातायातकर्मीसँग अन्तरक्रियात्मक अभिमुखीकरण गरेको छ ।
मानब बेचबिखनको बर्तमान अबस्था, बेचबिखनका कारण, दलालले अपनाउने तौरतरिका, संभावित स्थानहरु, मानब बेचबिखनका प्रयोजनहरु, कानुनी ब्यबस्था, यातायातकर्मीको भूमिकाको बारेमा यातायातकर्मीलाई जानकारी दिइएको थियो ।
अभिमुखीकरणमा माइती नेपाल, बर्दियाका संयोजक गायत्री रिमालले यातायातकर्मीलाई यात्रा गर्ने मानिसहरुको बारेमा सधै सजकता उपनाउन आग्रह गर्नुभयो ।
कृष्णसार यातायात ब्यबसायी संघका अध्यक्ष शम्भु रिजालले यातायातका साधनहरुमा कोही शंकास्पद ब्यक्ति यात्रा गरिरहेको लागेमा तुरुन्तै प्रहरी र माइती नेपाललाई जानकारी गराउन अनुरोध गर्नु भएको थियो । उहाँले मानब बेचबिखनओसारपसार नियन्त्रणका लागी यातायात ब्यबसायी संघले सक्दो सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो ।


error: यो सुविधा उपलब्ध छैन !