वडा कार्यालयलाई ज्ञापन पत्र
बर्दिया – बारबर्दिया नगरपालिका वडा नं ३ का किशोरीले वडा कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् ।
प्लान ईन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह (बीग्रुप) बाँकेको साझेदारीमा सञ्चालित बालिका तथा युवा सशक्तिकरण (नेतृत्व र परिवर्तन) कार्यक्रमअन्तर्गत परिवर्तनका संवाहक केन्द्रमा किशोरी कक्षा पढ्ने किशोरीहरुले लैंगिक हिंसाबिरुद्ध सचेतना कार्यक्रमहरु, बाल विवाहबिरुद्धको जनचेतना फैलाउन सडक नाटक र बालअधिकार सम्बन्धी सचेतना कार्यक्रम, जीवन उपयोगी सीप विकास तालिम, यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी सेवाहरु, सरोकारवालाहरु बिच संवाद बैठक र किशोरीहरुको लागी खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरुको माग गर्दै वडा कार्यालय समक्ष ज्ञापन पत्र बुझाएका हुन् ।
किशोरी समूहले बुझाएको ज्ञापन पत्र बुझ्दै का.वा. वडाध्यक्ष्य लक्ष्मी घर्ती क्षत्रीले किशोरीहरुले मागगरेका कार्यक्रमहरुलाई आफुले आगामी योजनामा समावेश गर्ने र किशोरीहरुको सशक्तिकरणका लागी आफु सदैव तयार रहेको बताउनु भयो ।
परिवर्तनका संवाहक किशोरी प्रतिभा थारुको नेतृत्वमा गएको किशोरी समूहले ज्ञापन पत्र बुझाएको थियो ।