नेपालगञ्जमा अनलाइन बिजिनेस फेस्टिबल

नेपालगञ्जमा – नेपालगञ्जमा अनलाइन बिजिनेस फेस्टिबल भइरहेको छ ।
‘मिठो छ फुड प्रालि’को आयोजनामा फेस्टिबलको आयोजना गरिएको हो । फाल्गुण १ गतेसम्म फेस्टिबल चल्ने छ । आयोजक संस्थाका प्रमुख सौभाग्य जंग शाहले जानकारी दिनुभयो । प्रमुख शाहले अनलाइन तथा ईन्टरनेटमार्फत स्थानीय स्तरमा उत्पादन गरिएका सामानहरुको अन्तरराष्ट्रिय स्तरमा बजारीकरण गर्ने उद्देश्यले फेस्टिबलको आयोजना गरिएको बताउनुभयो ।
प्रमुख शाहले यो फेस्टिबल नेपालगञ्जमा रहेका सम्पूर्ण अनलाइन बिजिनेशहरुको प्लेटफर्म भएको समेत बताउनुभयो । फेस्टिबलको पहिलो दिन बिहीबार करिब १५ सय जनाले अवलोकन गरेको आयोजकले जनाएको छ । फेस्टिबलको मुख्य आकर्षणमा अनलाइन बिजिनेश सम्बन्धी जानकारीहरु, बिभिन्न खानाका परिकार पाइने स्टलहरु, सांगितिक प्रस्तुतीहरु, शैक्षिक जानकारीमूलक सामाग्री, स्टेण्डप कमेडीहरु लगायत रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !