वरिष्ठ पत्रकार चुके सम्मानित

खजुरा – नेपाल रेडक्रस सोसाइटी, बाँके शाखाले ३९ औ जिल्ला वार्षिक साधारण सभा बिहीबार खजुरामा गरेको छ ।
जिल्ला समन्वय समितिका प्रमुख अजय श्रीवास्तवले मानवीय सेवालाई थप सक्रिय बनाउन रेडक्रसलाई अनुरोध गर्नुभयो ।
खजुरा गाँउपालिकाका प्रमुख किस्मत कक्षपतिले स्थानीय तहसँगै रेडक्रस विपदमा सधैसँगै रहेको बताउनुभयो ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जिल्लामा रेडक्रसले कोभिड–१९ लगायत विपद व्यवस्थापनमा अग्रणी भूमिका खेलेकोमा प्रशसा गर्नुभयो ।
बागेश्वरी उपशाखाका सभापति जीवनाथ सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा बाँके शाखाका सभापति गोर्वधनसिंह सम्झना, गैसस बाँकेका अध्यक्ष नमस्कार शाहले विपदमा रेडक्रसको योगदानको चर्चा गर्नुभयो ।
उक्त सभामा बर्षभरी रेडक्रस अभियानलाई प्रसार प्रचार गरि योगदान गरेको जनमत अर्धसाप्ताहिकलाई उत्कृष्ट संचार प्रतिष्ठानको रुपमा नगद सहित सम्मान गरिएको छ । सम्मान पत्रिकाका सम्पादक वरिष्ठ पत्रकार पूर्णलाल चुकेले ग्रहण गर्नु भयो ।
सभामा वार्षिक प्रगति प्रतिवेदन शाखाका मन्त्री अजिज अहमद सिद्दिकीले प्रस्तुत गदै १ लाख ५५ हजार ५ सय ८७ जना लाभान्वित भएको बताउनुभयो । कोषाध्यक्ष राकेश कुमार श्रीवास्तवले २ करोड ३५ लाख १७ हजार ३ सय ४२ रुपियाखर्च विवरण र ०७८÷०७९ को ३ करोड ३२ लाख ४५ हजार ५ सय वरावरको विनियोजित वजेट प्रस्तुत गर्नु भएको थियो ।
१७ वटा उपशाखाका प्रतिनिधिहरुको सहभागितामा सम्पन्न साधारण सभाले प्रस्तुत कार्यक्रम र वजेटमाथी छलफल गरि स्वीकृत गरेको छ ।


error: यो सुविधा उपलब्ध छैन !