सेनाले अधिकारी, कुरुम्बाङ र श्रेष्ठलाई सम्मान गर्ने

नेपालगञ्ज – पत्रकार कृष्ण अधिकारी, बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ र जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठलाई नेपाली सेनाले सम्मान गर्ने भएको छ ।
कोभिड नियन्त्रण र उपचारमा खटिनुका साथै उत्कृष्ट समाचार कभरेज गरेका कारण पत्रकार अधिकारी, प्रजिअ कुरुम्बाङ र जनस्वास्थ्य अधिकृत श्रेष्ठलाई सेनाले सम्मान गर्न थालेको हो । तिनै जनालाई प्रधानसेनापति प्रशंसा निशान तथा प्रशस्ती पदकबाट सम्मान गरिदैछ ।
नेपाली सेनाले आफ्नो स्थापना दिवसमा तिनै जनालाई सम्मान गदैछ । नेपाली सेनाले शिवरात्रीमा आफ्नो स्थापना दिवस मनाउने गर्दछ ।


error: यो सुविधा उपलब्ध छैन !