मंसीरमा पोजिटिभ, पुसमा भर्ना, माघमा मृत्यु

नेपालगञ्ज – दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ का ६६ वर्षीय पुरुषको नेपालगञ्जमा मृत्यु भएको छ । कोरोना संक्रमित पुरुषको गएराती १.१८ बजे मृत्यु भएको हो ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेज वलीका अनुसार, मंसीर २९ गते कोरोना पोजिटिभ भएका व्यक्तिलाई पुस १३ गते अस्पतालमा भर्ना गरिएको थियो । उनको गएराती मृत्यु भयो ।
बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउदा मृत्यु हुनेको संख्या ८८ पुगेको छ ।


error: यो सुविधा उपलब्ध छैन !