चिकित्सकलाई लछारपछार गर्नेलाई कारबाही माग

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जले चिकित्सकमाथि दुव्र्यवहार गर्नेलाई कारबाही गर्न माग गरेको छ ।
अस्पतालका मेसु डा. प्रकाशबहादुर थापा, अस्पताल विकास समितिका सदस्यहरु धनराम वली, सरस्वती मल्ल र कृष्णप्रसाद श्रेष्ठले विज्ञप्ती निकालेर डा. विपिन आचार्य, अनमी देवा जिसी, अनमी कम्मु पौडेल र स्टाफ नर्स पार्वता आचार्यलाई दुव्र्यवहार गर्नेहरुलाई कारबाही गर्न माग गरेको हो ।
स्वघोषित सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीको टोलीले हिजो अस्पतालमा पुगेर चिकित्सकलाई दुव्र्यवहार गरेको थियो ।
अस्पताल विकास समितिले निकालेको विज्ञप्तीमा भनिएको छ, ‘सेवाग्राहीको ठेगाना सोधेको विषयलाई लिएर विवाद सिर्जना गरी गाली गलौचसहित लछारपछार गर्दै गरेको घटनाको घोर भत्र्सना गर्दै यस घटनामा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा संलग्न सम्पूर्णको समयमै पहिचान गरी यथासक्य चाडो हदैसम्मको कारबाही गरियोस् भनि सम्बन्धित निकायसँग जोडदार माग गर्दैछौं ।’


error: यो सुविधा उपलब्ध छैन !