डुबेको सहकारीको अध्यक्ष आकांक्षी धेरै

नेपालगञ्ज – सहकारी वित्तीय विकास संस्था लिमिटेड, नेपालगञ्जको विशेष साधारण सभा २४ गते बस्ने गरी स्थगित गरिएको छ ।
विशेष साधारण सभाले पुरानो कार्य समितिलाई भंग गरेको छ । आज नयाँ कार्य समिति भने बन्न सकेन । अध्यक्षमा आकांक्षी धेरै देखिएपछि २४ गतेसम्म साधारण सभा स्थगित गरिएको हो । स्रोतका अनुसार, पूर्वमन्त्री सर्वदेव ओझा, सुकईलाल बर्मा र कृष्ण खरेलले अध्यक्षका लागि दावी गरेका छन् । अध्यक्ष सर्वसम्मत हुन नसकेपछि २४ गतेसम्मलाई साधारण सभा स्थगित गरिएको छ ।
सहकारीका अध्यक्षलगायत सञ्चालक र उच्च पदस्थहरु करोडौ हिनामिनाको अभियोगमा कारागारमा पुगेका छन् । एघार हजार ४ सय ८ जना बचतकर्ता र एक हजार आठ सय ५६ जना शेयरधनी रहेको सहकारीमा दश करोड हाराहारी रकम लगानी रहेको छ । नयाँ कार्य समिति बनाएर रकम हिनामिना गरेका व्यक्तिबाट मुद्दा लडेर र लगानी गरिएको रकमलाई उठाएर बचतकर्ताको पैसा फिर्ता गरिने तयारी भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !