भण्डारीको ‘देई’ विमोचन

नेपालगञ्ज – आख्यानकार इन्द्रबहादुर भण्डारी ‘इन्द्रेणी’को ‘देई’ उपन्यास बजारमा आएको छ ।
भण्डारीको चौथो उपन्यास ‘देई’ को आज एक समारोहका बीचमा विमोचन गरिएको छ । प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव एवं कथाकार सनत रेग्मीले उपन्यासको विमोचन गर्नुभयो ।
उपन्यासको ईश्वरीप्रसाद रिजाल, पुष्करनाथ रिजाल र मिना बरालले समालोचना र विमर्श गर्नु भएको थियो ।
प्रतिभा साहित्य समाज, खजुराको आयोजना भएको विमोचन समारोहमा भेरी साहित्य समाजका केन्द्रीय अध्यक्ष हरि तिमिल्सिना, पूर्णिमा साहित्य समाजका अध्यक्ष कपिल अन्जान, साहित्यकार किरण आचार्य, महानन्द ढकाल, बोधराज प्याकुरेल, हरि सुवेदी, प्रभात सुबेदी, ऋचा लुइटेल, सुमित्रा न्यौपाने, सागर गैरे, ऋषिराम सापकोटा, मित्रलाल सापकोटागगायतको उपस्थिति रहेको थियो ।
समाजका अध्यक्ष शिशिर सापकोटाको अध्यक्षतामा भएको विमोचन समारोहमा चरित्र शाहले स्वागत र जीवराम बमले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !