जानकीमा कुष्ठरोगको प्रकोप बढी

नेपालगञ्ज – चालु आर्थिक वर्षको ६ महिनामा बाँकेमा ५३ जना कुष्ठरोगी सम्पर्कमा रहेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेले निकालेको पुससम्मको तथ्यांकमा ५३ जना कुष्ठरोगी देखिएका हुन् ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख धीरजंग शाहका अनुसार, नेपालगञ्ज उपमहानगरपालिकामा १४ जना, जानकी गाउँपालिकामा १० जना, नरैनापुर गाउँपालिकामा ७ जना, खजुरा गाउँपालिकामा ६ जना कुष्ठरोगी रहेका छन् । कोहलपुर नगरपालिका, बैथनाथ गाउँपालिका र डुडुवा गाउँपालिकामा ५÷५ जना कुष्ठरोगी रहेका छन् । राप्तीसोनारी गाउँपालिकामा एकजना कुष्ठरोगी देखिएका छन् ।
जिल्लामा कुष्ठरोगको प्रकोपदर जानकी गाउँपालिकामा बढी देखिएको छ । यहाँ प्रतिहजारमा चार जना बढीमा कुष्ठरोग देखिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय, नेपालगञ्ज उपमहानगरपालिकाको स्वास्थ्य शाखा, आइएनएफ, नेपाल कुष्ठरोग निवारण संघलगायतले आइतबार ६८ औं विश्व कुष्ठरोग दिवस मनाउने क्रममा यो तथ्यांक सार्वजनिक गरेका हुन् । जिल्लामा आर्थिक वर्ष २०७६÷०७७ मा एक सय ३३ जनामा कुष्ठरोग देखिएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !