कोरोनाबाट ८३ वर्षीयको मृत्यु

नेपालगञ्ज – कोरोनाबाट नेपालगञ्जमा कैलालीका ८३ वर्षीय बृद्धको मृत्यु भएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, कैलाली जोशीपुरका ८३ वर्षीय बृद्धको आज ११.३७ बजे मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या आएपछि बृद्धलाई माघ ६ गते भेरीमा ल्याइएको थियो । भोलीपल्ट उनलाई कोरोना पुष्टि भएको थियो ।
बाँकेमा बाहिरी जिल्लाबाट उपचार गराउन आउँदा मृत्यु हुनेको संख्या ८७ पुगेको छ ।


error: यो सुविधा उपलब्ध छैन !