प्रतिगमनविरुद्ध सडकमा आउन नेपालको आग्रह

नेपालगञ्ज – नेकपाका नेता माधवकुमार नेपालले केपी ओलीको प्रतिगमनविरुद्ध सडकमा आउन कार्यकर्ताहरुलाई आव्हान गर्नु भएको छ ।
नेपालगञ्जमा आयोजना गरिएको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणमा बोल्दै नेता नेपालले संविधान र लोकतन्त्रको रक्षाका लागि आन्दोलनको जरुरी रहेको बताउनुभयो । ‘संविधान र लोकतन्त्रका लागि आन्दोलन गर्नु परेको छ । यो आन्दोलनको केपी ओलीको प्रतिगमनविरुद्ध पनि हो, नेता नेपालले नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो, आन्दोलनलाई सशक्त बनाउनका लागि गाउँ–गाउँ, टोल–टोल, बस्ती–बस्तीमा गएर गणतन्त्र, लोकतन्त्र, संविधान र कम्युनिष्ट आन्दोलनलाई जोगाउन संघर्षको विकल्प छैन भनेर बुझाउनुस् ।’


नेपालले कार्यकर्ता प्रशिक्षणको अधिकांश समय केपी ओलीलाई गाली गर्नमै खर्चिनुभयो । उहाँले ओलीलाई दुर्योधनदेखि निरो, गफाडी, तानाशाह भएको आरोप लगाउनुभयो ।
नेताहरु नारायणकाजी श्रेष्ठ, युवराज ज्ञवाली, वर्षमान पुन, ओनसरी घर्तिले केपी ओलीको कदम संविधान विपरित रहेको बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !