पीडित पहिचानका लागि परामर्श

नेपालगञ्ज – महिला तथा बालबालिका बेचबिखनविरुद्ध सहकर्मी समूह नेपाल (एटविन) ले मानव बेचबिखनका पीडित पहिचान सम्बन्धी नेपालगञ्जमा परामर्श बैठक गरेको छ ।
मानव बेचबिखनविरुद्धमा काम गर्ने नेपाल र भारतका अधिकारी सम्मिलित बैठकले पीडितको पहिचान गर्ने सवालमा छलफल गरेको छ । काठमाडौं, बाँके र रुपन्देही जिल्लामा बेचबिखनबाट पीडितहरुको पहिचान सम्बन्धी अनुसन्धान थालेको एटविनले नाका क्षेत्रमा दुई देशका सम्बद्ध अधिकारीलाई राखेर परामर्श गरेको हो । एटविनमा नेपालका ४१ वटा संघ संस्था आवद्ध रहेका छन् ।
बैठकमा जोखिमपूर्ण यात्रामा जादा दलालले अपनाउने तौरतरिका र पीडितको पहिचान सम्बन्धमा नेपाल र भारतका प्रहरी, मानव बेचबिखनविरुद्ध काम गर्ने संघ संस्थाका प्रतिनिधिले अनुभव साटासाट गरेका थिए ।


नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगरले पहिचानको आधार तयार पार्नु पर्ने बताउनुभयो ।
भारतको देहात संस्थाका प्रतिनिधि डा. जितेन्द्र चतुर्बेदीले नाकामा रोकेर मात्रै भन्दा पनि समस्याको जडमै पुग्नु पर्नेमा जोड दिनुभयो ।
एटविनका पूर्वअध्यक्ष अन्जना शाक्य, कार्यकार्य निर्देशक बेनुमाया गुरुङ, चित्र निरौलालगायतले बैठकमा बेचबिखनका पछिल्ला प्रवृतिका विभिन्न पाटाहरु केलाउनु भएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !