संविधान जोगाउन कांग्रेस सडकमा
नेपालगञ्ज – नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले संविधान जोगाउनका लागि कांग्रेस सडकमा आएको बताउनु भएको छ ।
नेपाली कांग्रेसले नेपालगञ्जमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै रिजालले अहिलेको आन्दोलन केपी शर्मा ओलीलाई सत्ताबाट फाल्न नभई संविधानको रक्षाका लागि भएको बताउनुभयो । ‘हाम्रो आन्दोलन संविधानको रक्षा गर्न र विधिलाई जोगाउनका लागि हो, नेता रिजालले भन्नुभयो, ओलीलाई सत्ताबाट फाल्नमात्रै होइन ।’
उहाँले संविधानको रक्षा गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो । नेकपाको प्रचण्ड–माधव पक्षले थालेको सडक आन्दोलन ओलीलाई हटाउनमात्रै भएको उल्लेख गर्दै रिजालले आफ्नो आन्दोलन त्यतिमा सीमित नभई संविधान रक्षार्थ भएको दोहो¥याउनुभयो ।
नेता रिजालले कांग्रेसमा अलिअलि महाधिवेशन लागिसकेकाले नेताहरुमा घोचपेच शुरु भएको बताउनुभयो । ‘बाटोमा नेताहरुलाई खुइल्याउने गरी नलागौं, नेता रिजालले भन्नुभयो, अहिले संविधान बचाउन लागौं । महाधिवेशनमा प्रतिस्पर्धा गरौंला ।’
रमेश गुप्ता, मो. याकुव अन्सारी, सुरेन्द्र हमाल, किरण कोइराला, शिवकुमार बर्मा, प्रशान्त विष्टले सुशील कोइरालाले लडेर ल्याएको संविधानको रक्षा गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।