करोडौ हिनामिना भएको सहकारीलाई चलाउने तयारी
नेपालगञ्ज – रकम हिनामिना र मुद्दामामलामा फसेको सहकारी वित्तिय विकास संस्था लिमिटेड, नेपालगञ्जको विशेष साधारण सभा बोलाएर कामकाज शुरु गर्ने तयारी गरिएको छ ।
शेयरधनीका तर्फबाट बनाइएको आयोजक समितिले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, लुम्बिनी प्रदेशमा सो बारेमा जानकारी गराएको छ ।
२०७६ भदौदेखि बन्द रहेको सहकारीलाई नयाँ कार्य समिति बनाएर सञ्चालन गर्ने तयारी गरिएको छ । माघ १७ गते विशेष साधारण सभा बोलाइएको आशुतोष शुक्लाले जानकारी दिनुभयो । करोडौ हिनामिना भएको सहकारीमा अध्यक्षसहित तीन दर्जन हिरासतमा पुगेका छन् ।