पूर्व राज्यमन्त्री यादवको मृत्यु

नेपालगञ्ज – पूर्वराज्यमन्त्री दिनेशचन्द्र यादवको मृत्यु भएको छ ।
नेकपाका केन्द्रीय सदस्य एवं भूमि व्यवस्था समस्या समाधान आयोगका सदस्य यादवको आज विहान २.३० बजे काठमाडौंको ग्राण्डी अस्पतालमा मृत्यु भएको हो । केही दिनदेखि बिरामी रहेका यादवमा कोरोना पुष्टि भएको थियो । अवस्था गम्भीर भएपछि यादवलाई काठमाडौं लगिएको थियो ।
संविधान सभाका सदस्य यादव बाँकेको पिछडिएको क्षेत्र राप्तीपारीका लोकप्रिय नेता थिए । राप्तीपारी बघौडाको विकासमा यादवको ठूलो योगदान रहेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !