कोरोनाबाट दुई जनाको मृत्यु

नेपालगञ्ज – बाँकेमा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, रोल्पा र दाङका एक-एक जनाको मृत्यु भएको छ । रोल्पा लिवाङका ४२ वर्षीया महिला र दाङ बबईका ८० वर्षीया महिलाको आज विहान मृत्यु भएको हो ।
रोल्पाका ४२ वर्षीया महिलालाई पुस २५ गते कोहलपुर मेडिकल कलेजमा उपचारका लागि ल्याइएको थियो । उनको आज विहान ३.३० बजे मृत्यु भएको छ ।
दाङका ८० वर्षीया महिलालाई पुस ९ गते कोहलपुर मेडिकल कलेजमा ल्याइएकोमा उनलाई भोलीपल्ट कोरोना पुष्टि भएपछि भेरी अस्पताल, नेपालगञ्जमा ल्याइएको थियो । उनको आज विहान ६.३० बजे मृत्यु भएको छ ।
बाँकेमा बाहिरी जिल्लाबाट उपचार गराउन आउदा मृत्यु हुनेको संख्या ८२ पुगेको छ ।


error: यो सुविधा उपलब्ध छैन !