माइती नेपाल, बर्दियाद्वारा ८३ जनाको उद्धार
बर्दिया – माइती नेपाल, बर्दियाले सन् २०२० मा जोखिमपूर्ण यात्रामा रहेका ८३ जनालाई नाकाबाट उद्धार गरेको छ । गतवर्ष बर्दियाले नाकाबाट १ सय ३३ जनाको उद्धार गरेको थियो ।
माइती नेपालले सन् २०१६ देखि बर्दियामा कार्यालय राखेर काम गरिरहेको छ । यो वर्ष ३७ वटा खोजतलासको निवेदन परेको छ । त्यसमा १९ जना फेला परेको माइती नेपाल, बर्दियाका संयोजक गायत्री रिमालले जानकारी दिनुभयो ।
संयोजक रिमालका अनुसार, घरेलु हिंसाका ४९ वटा निवेदन परेका छन् । त्यसमा ३८ वटाको समस्या समाधान गरिएको छ ।