मानव बेचबिखनबिरुद्ध जिल्ला स्तरीय अन्तरक्रिया
बर्दिया – मानव बेचबिखनविरुद्धमा सबैले आ–आफ्नो ठाउँबाट प्रभावकारी भूमिका खेल्नु पर्ने कुरामा जोड दिइएको छ ।
माइती नेपाल, बर्दियाले गरेको अन्तरक्रियामा प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले मानब बेचबिखनबिरुद्धका कार्यक्रमहरु जिल्लादेखि समुदाय, विद्यालय स्तरसम्म लैजानु पर्नेमा जोड दिनुभयो ।
गुलरिया नगरपालिकाका उपमेयर सुशीला गिरीले व्यवसायिक यौन शोषण एवं मानव बेचबिखनविरुद्धमा गुलरिया नगरपालिकाले नीति तथा कार्यक्रम तर्जुमा गरी वडास्तरसम्म लैजाने बताउदै मानव बेचबिखनविरुद्ध एक अर्कामा हातेमालो गर्दै अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो ।
सशस्त्र प्रहरी उपरीक्षक नरबहादुर रावत, वडा अध्यक्ष निरज शर्मा, पत्रकार महासंघ, बर्दियाका अध्यक्ष राजेन्द्रप्रसाद धिताल, नगरपालिकाका महिला शाखाका अधिकृत शिला शाह, नेपाल बार एशोसियसनका अध्यक्ष काशीराम चौधरी, लक्ष्मी नेपाललगायतको उपस्थिति थियो । कार्यक्रमको सहजीकरण माइती नेपाल, बर्दियाकी संयोजक गायत्री रिमालले गर्नु भएको थियो ।