संसद पुनस्र्थापना हुनु पर्छ : भट्टराई

नेपालगञ्ज – नेकपाका नेता योगेश भट्टराईले संसद पुनस्र्थापना हुनुपर्ने बताउनु भएको छ ।
नेकपा, बाँकेले राखेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भट्टराईले प्रधानमन्त्रीको कदम असंवैधानिक भएकाले संसद पुनस्र्थापना हुनुपर्ने बताउनुभयो । युवा नेता भट्टराईले अहिले आफूहरुको लक्ष्य नै संसद पुनस्र्थापना भएको दोहो¥याउनु भयो ।
नेता भट्टराईले संसद पुनस्र्थापनाका लागि आन्दोलन गर्ने बताउनुभयो । उहाँले आफूहरु नै आधिकारिक नेकपा भएको बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीको घमण्डले गर्दा पार्टीमा यस्तो स्थिति आएको टिप्पणी गर्नुभयो ।


संविधान सभाका सदस्य दलबहादुर सुनारले संसद पुनस्र्थापनाको आन्दोलनमा हलमा उपस्थित भएका एकजना व्यक्तिले कम्तीमा पाँच जनालाई ल्याउनु पर्ने बताउनुभयो ।
जिल्ला अध्यक्ष आइपी खरेलले असंवैधानिक कदम सच्चिनै पर्ने बताउनुभयो । भेलामा माधव–प्रचण्ड समूहका मानिसहरुको उपस्थिति थियो ।


error: यो सुविधा उपलब्ध छैन !