अवैध सामान बरामद

नेपालगञ्ज – बाँके प्रहरीले नाकाबाट अवैध रुपमा ल्याउदै गरेको विभिन्न सामान बरामद गरेको छ ।
तस्करीविरुद्ध एक्सन लिन नसकेको गुनासो आइरहेको बेलामा प्रहरीले बेतहनी नाकाबाट विभिन्न सामान बरामद गरेको हो ।
बाँके प्रहरीका अनुसार, चिनी नौ सय चार किलो, ८ सय २ किलो युरिया मल, एक सय ९९ पोका सुपरपावर सूर्ती, ५० पोका खलिल सूर्ती बरामद गरेको छ । यी सामानहरु एक लाख एकतिस हजार सात सय साठी रुपैया बराबरको भएको प्रहरीको आकलन छ । बरामद गरिएको सामान नेपालगञ्ज भन्सार कार्यालय पठाइएको छ ।


error: यो सुविधा उपलब्ध छैन !