बाँसगढीमा यौन शिक्षाबारे संवाद

बर्दिया – बाँसगढी नगरपालिकामा यौन शिक्षा र यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धि एक दिने संवाद बैठकको आयोजना गरिएको छ ।
प्लान ईन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह (बी ग्रुप) बाँकेको साझेदारीमा सञ्चालित बाल विवाह रोकथाम परियोजनाअन्तर्गत संवाद बैठक गरिएको हो । संवादमा नगरपालिका भित्रका स्वास्थ्य केन्द्र र जनशक्तिको नक्साकंनमा यौन तथा प्रजनन स्वास्थ्य सेवा प्रवाहको अवस्था र यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धि नीति तथा कार्यक्रमहरुको तथा बिद्यालयहरुमा यौन शिक्षाको पठन पाठनको अवस्थाको बारेमा छलफल गरिएको थियो ।
संवाद बैठकमा बोल्दै मेयर शालिकराम अधिकारीले बाँसगढी नगरपालिकाले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन भौतिकक संरचनाको निर्माण तथा आवश्यक जनशक्तिको लागी काम गरिरहेको बताउनु भयो । उपमेयर शुष्मा चौधरीले संवाद बैठकमा उठान गरिएका बिषयहरुलाई नगरपालिकाले गम्भीर रुपमा लिएको र यसको कार्यान्वयन तथा सुधारका लागी आगामी कार्य योजना निर्माण गरि कार्यान्वयन गरिने बताउनु भयो ।
संवाद बैठकमा जनप्रतिनिधिहरु, स्वास्थ्य शाखाका प्रमुख, महिला शाखा प्रमुख, शिक्षा ईकाई प्रमुख, स्वाथ्य केन्द्रका प्रतिनिधिहरु, शिक्षकहरुको सहभागीता रहेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !