नाटक घर माग्दै उपमहानगरपालिकामा धर्ना
नेपालगञ्ज – रंगकर्मीहरुले नाटक घरको माग गर्दै नेपालगञ्ज उपमहानगरपालिकामा धर्ना दिएका छन् ।
वरिष्ठ कलाकार वीरेन्द्र हमालको नेतृत्वमा वीपीचोक र नेपालगञ्ज उपमहानगरपालिकामा धर्ना दिएका कलाकारहरुले नाटक घर उपलब्ध गराउन मेयर डा. धवलशमशेर राणाले माग गरे ।
‘हामीलाई यही भन्ने छैन । जहाँ भएपनि एउटा नाटक घर बनाइदिनु प¥यो, नेपालगञ्ज निवासी वरिष्ठ कलाकार हमालले भन्नुभयो, नेपालगञ्जको कला संस्कृतिको बचाउन पनि नाटक घरको आवश्यकता रहेको छ ।’
वीपीचोकस्थित सडकमा र केहीबेर नेपालगञ्ज उपमहानगरपालिका कार्यालय अगाडि धर्ना बसेका कलाकारलाई सम्बोधन गर्दै नेपालगञ्जका मेयर राणाले नाटक घर बनाउन पहल गर्ने आश्वासन दिनुभयो ।
कलाकारहरुले नगर भवनलाई लक्षित गरेपछि मेयर राणाले नगर भवन भत्काएर नयाँ संरचना बनाउन थालेको र त्यसमा धेरै समय लाग्ने भन्दै रामलिला मैदान वा बाल संगठनको भवनमा नाटक घर बनाउन सहज हुने बताउनुभयो ।
कलाकार कमल विके निर्मोहीले नेपालगञ्ज उपमहानगरपालिकाले जग्गामात्रै उपलब्ध गराइदिए आफूहरुले सहयोग जुटाएर नाटक घर बनाउन सक्ने बताउनुभयो ।