कोरोनाबाट गर्भवतीको मृत्यु

नेपालगञ्ज – कोरोनाले स्वास्थ्यमा गम्भीर समस्या भएपछि बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार गराउन आएका कञ्चनपुरका २८ वर्षीया महिलाको मृत्यु भएको छ ।
सेती अस्पतालमा स्वाव परीक्षण गर्दा उनलाई कोरोना पुष्टि भएको थियो । त्यही रहदा नै स्वास्थ्यमा गम्भीर समस्या भएपछि कोहलपुरमा ल्याइएको थियो । मंसीर २६ गते कोहलपुरमा ल्याइएकी महिलाको राती १.१५ बजे मृत्यु भएको छ ।
महिला ३० हप्ताकी गर्भवती थिइन् । योसँगै बाँकेमा बाहिरी जिल्लाबाट उपचार गराउन आउदा मृत्यु हुनेको संख्या ७० पुगेको छ ।


error: यो सुविधा उपलब्ध छैन !