पत्रकार गैरेलाई ‘मानव अधिकार पुरस्कार’

नेपालगञ्ज – राष्ट्रिय मानव अधिकार आयोगले यस वर्षको मानव अधिकार पुरस्कार नेपालगञ्जका पत्रकार झलक गैरेलाई दिने निर्णय गरेको छ । आयोगले दयाराम स्मृति मानव अधिकार सम्मान डा. रेणु अधिकारीलाई दिने निर्णय गरेको छ ।
आयोगले अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा मानव अधिकार सम्मान तथा पुरस्कार घोषणा गरेको हो ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जारी गरेको प्रेस नोटमा भनिएको छ, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक नेपालगञ्जका प्रधान सम्पादक गैरेले पत्रकारिताको माध्यमबाट मानव अधिकारको संरक्षण र सम्वद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउँदै आउनु भएको छ ।
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य गैरेले नेपालगञ्जमा बसेर दुई दशकदेखि पत्रकारिता गर्दै आउनु भएको छ ।
आयोगले सम्मान गर्न थालेका डा. अधिकारी महिला मानव अधिकार रक्षक सञ्जाल (ओरेक) नेपालका संस्थापक तथा लैंगिक समानता, लैंगिक न्याय र महिला हिंसाको न्यूनीकरणको अभियानमा विगत तीन दशकदेखि निरन्तर कार्य गर्दै आउनु भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !