फनपार्क : फोटो खिचिक्क

नेपालगञ्ज – नेपालगञ्ज र हवल्दारपुरमा करोडौका लगानीमा फनपार्क सञ्चालनमा आएका छन् । कोरोना कहरले थन्किएका अनि जिल्लामा सञ्चालनमा आएका करोडौको फनपार्क हेर्न यतिबेला मानिसहरु ओइरिदै छन् ।
फोटो खिच्नका लागि भएपनि एकपटक मानिसहरु फनपार्क पुगेको देखिएको छ । सेल्फी वा साथीबाट फोटो खिचाएर सामाजिक सञ्जालमा हाल्ने एकप्रकारले होड नै चलेको छ । टिकटक अनि भिडियो बनाउनेको पनि कमी छैन ।


दिनमा हजार बढीले अवलोकन गरिरहेको नेपालगञ्जको मेरो प्लानेटमा आउने अधिकांशको काम नै टिकटक या फोटो खिचेर सामाजिक सञ्जालमा राख्ने गरेको देखिन्छ । ‘अहिले हाम्रो शुरुवाती चरण छ । यतिबेला आउने अधिकांशले टिकटक बनाउने वा फोटो खिचेर सामाजिक सञ्जालमा राख्ने गरेका छन्, मेरो प्लानेटका सञ्चालक बताउँछन् ।
हवल्दारपुरमा रहेको वल्र्ड ह्यापी फनपार्कमा पनि पुगेकाजतिले सम्झनाका लागि पनि फोटो खिचेर राख्ने गरेका छन् ।
करोडौका लागतमा बनेका यस्ता फनपार्कले आन्तरिक या बाह्य पर्यटकलाई लोभ्याउन थालेका छन् । बाहिरबाट नेपालगञ्ज आएकाहरुको बागेश्वरी मन्दिर पछि जाने ठाउँ यस्ता फनपार्क बन्न थालेको छ ।


error: यो सुविधा उपलब्ध छैन !