हडियाबाबामा निशुल्क स्वास्थ्य शिविर
नेपालगञ्ज – नेपालगञ्ज वडा नं. ६ मा शनिबार आँखा तथा कान सम्बन्धि निशुल्क शिविर आयोजना गरिएको छ ।
हडिया बाबा मन्दिर प्राङ्गणमा रहेका साधु सन्तहरुलाई सेवा दिने उद्देश्यले एक दिने शिविर आयोजना गरिएको हो ।
नेपाली काँग्रेस क्षेत्रीय कार्य समितिद्वारा आयोजित निशुल्क स्वास्थ्य शिविरमा काँग्रेस केन्द्रिय सदस्य किशोरसिंह राठौरले सरकार स्वास्थ्य सेवाको विषयमा गम्भिर नभएकोमा आक्रोश ब्यक्त गर्नु भयो ।
नेपाली काँग्रेस क्षेत्र नं. २ का क्षेत्रीय सभापति रमेशकुमार गुप्ताको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश सांसद मो. याकुव अन्सारी, पार्टी उपसभापति सुनिलसिंह राणा, काँग्रेस कोभिड–१९ बाँके संयोजक लक्ष्मीनारायण शाह, उपमेयर उमा थापालगायतको उपस्थिति रहेको थियो ।