कोरोना संक्रमित दाङका ५६ वर्षीय पुरुषको मृत्यु
नेपालगञ्ज – दाङको तुलसीपुर उपमहानगरपालिका वडा नंं. ६ का ५६ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ ।
कोरोना संक्रमित ५६ वर्षीय पुरुषको आज विहान २.२० बजे मृत्यु भएको हो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार, कोरोनाको आशंका लागेपछि ५६ वर्षीय पुरुषलाई कात्तिक २४ गते राप्ती विज्ञान प्रतिष्ठान, घोराहीमा जाँच गर्दा २५ गते कोरोना पुष्टि भएको थियो । त्यसपछि होम आइसोलेसनमा बसेका थिए । स्वास्थ्यमा समस्या आएपछि २७ गते विहान कोहलपुर मेडिकल कलेजमा उपचारका लागि ल्याइएको थियो । उनको मंसीर ४ गते विहान मृत्यु भयो ।
५६ वर्षीय पुरुषलाई केही समयदेखि मधुमेह र मृर्गौलासम्बन्धी बिरामी भएर उपचार गरिएको थियो । बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउदा मृत्यु हुनेको संख्या ४१ पुगेको छ ।