रिसाएर हिडेका वडाध्यक्षको छोरा फिर्ता

 

नेपालगञ्ज – घरबाट भागेर भारत पुगेका वडाध्यक्षको छोरालाई फिर्ता ल्याइएको छ ।
जानकी गाउँपालिका वडा नं. १, साईगाउँका वडाध्यक्षका १३ वर्षका छोरा मो. साहिल राइ भारतको लुनी बोर्डरमा भेटिएका हुन् ।
कात्तिक १८ गते बुवाको एक हजार चोरेर घरबाट निस्केका राइ आनन्दविहार बस अड्डाबाट हिडेर लुनी बोर्डर पुगेका थिए । झण्डै ३० किलोमिटर पैदल हिडेका राइलाई भारतीय प्रहरीले उद्धार गरेको थियो । राइको साथमा २० वर्षका हनुमान बर्मा पनि थिए ।
घरबाट रिसाएर हिडेका बालकलाई अपहरण परेकोसम्म भन्न थालिएपछि बाँके प्रहरीले भारतमै गएर बालकहरुलाई ल्याएको हो । बाँके प्रहरीले बालकलाई अभिभावकको जिम्मा लगाएको छ ।


error: यो सुविधा उपलब्ध छैन !