दश किलो अफिमसहित शाही पक्राउ

नेपालगञ्ज – लागु औषध नियन्त्रण ब्यूरोको टोलीले बाँकेबाट ठूलो मात्रामा लागु औषधी अफिम बरामद गरेको छ ।
ब्यूरोको टोलीले खजुरा गाउँपालिका वडा नं. ८ को सुनौलोटोलबाट दश किलो चार सय ग्राम अफिमसहित जाजरकोटका तिलकबहादुर शाहीलाई नियन्त्रणमा लिएको छ ।
पहाडी जिल्लामा उत्पादन हुने अफिमलाई बेच्न आइपुगेका शाहीलाई ब्यूरोको टोलीले मोलमोलाइ भइरहेको बेलामा पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय, बाँकेका मुद्दाफाँटका इन्चार्ज हृदेयस सापकोटाले दश किलो चार सय ग्राम अफिमसहित पक्राउ गरिएका शाहीलाई जिप्रकामा ल्याइएको जानकारी दिनुभयो ।
पहाडी जिल्लामा उत्पादन हुने अफिमको कारोबारस्थल बाँके हुँदै भारत हुने गर्दछ । केही दिनअघि ब्यूरोको टोलीले तीन किलो अफिमसहित रुकुम पश्चिमका एकजनालाई कुसुमबाट पक्राउ गरेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !