साइकलयात्रीलाई मेरो प्लानेटले स्वागत गर्ने
नेपालगञ्ज – बिश्व साइकल यात्री तथा सगरमाथा आरोही पुष्कर शाहको नेतृत्वमा महाकालीको दोधाराचाँदनी पुलबाट यात्रा शुरु गरेको साइक्लिष्टको टिम भोली नेपालगञ्ज आइपुग्दैछ ।
नेपालगञ्ज साइक्लिङ्ग क्लबका सदस्य तथा साइकल अभियन्ता सतिश निरौलाका अनुसार, नेपालगञ्ज आइपुग्ने १७ सदस्यीय टीमलाई भर्खरै मात्र सञ्चालनमा आएको मेरो प्लानेट फनपार्कले स्वागत गर्न थालेको मेरो प्लानेटका सञ्चालक डा. ओमप्रकाश मिश्राले जानकारी दिनुभयो ।
एकदिन नेपालगञ्ज बसेर साइकल यात्रीहरुको टिम शनिबार बिहान दाङको लागी प्रस्थान गर्ने नेपालगञ्ज साइक्लिङ्ग क्लबका वरिष्ठ उपाध्यक्ष लवराज श्रेष्ठले जानकारी दिनुभयो । नेपालगञ्ज आएको साइकल यात्रीहरुलाई नेपालगञ्ज सिटी सफारी, बागेश्वरी मन्दिर, जुङ्गे महादेवलगायतका स्थान घुमाइने नेपालगञ्ज साइक्लिङ्ग क्लबका उपाध्यक्ष रमेश मल्लले बताउनुभयो ।
टिम लिडर बिश्व साइकल यात्री पुष्कर शाहका अनुसार, आन्तरिक पर्यटन प्रवद्र्धन नै मुख्य उद्देश्यले नेपाल साइकल फेस्टिबलको आयोजना गरिएको हो ।