१३ जनाले आइसोलेसनमा दश दिन बिताए
नेपालगञ्ज – बाँकेमा बुधबार १३ जनाको आइसोलेसनमा बसेको दश दिन पुगेको छ । दश दिन आइसोलेसनमा बसेका उनीहरु डिस्चार्जसमेत भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले नेपालगञ्ज, कोहलपुर र एकजना राप्तीसोनारीका गरी १३ जना डिस्चार्ज भएको जानकारी दिनुभयो । त्यसमा ८ पुरुष र ५ महिला रहेका छन् ।
जिल्लामा अहिलेसम्म आइसोलेसनबाट दुई हजार नौ सय ७३ जना घर फर्किएका छन् । २ सय ४९ जना घर फर्किने बाटो कुरिरहेका छन् । उनीहरुको दश दिन पुगेको छैन ।