भेरीले ४५ हजारको स्वाव जाँच्यो

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा बिहीबार ४३ जनामा कोरोना पुष्टि भएको छ ।
अस्पतालका अनुसार, एक सय ६१ जनाको परीक्षण गर्दा ४३ जनामा कोरोना पुष्टि भएको हो । भेरीले हालसम्म ४५ हजार ९ सय ९० जनाको स्वाव परीक्षण गरेको छ । त्यसमा तीन हजार पाँच सय ८ जनामा कोरोना पुष्टि भएको छ । यो बाँकेलगायत विभिन्न जिल्लाबाट आएका केस हुन् ।
बिहीबार कोरोना पुष्टि भएका पनि बाँके, बर्दियालगायतका जिल्लाका रहेका छन् । शुरुवाती चरणमा भेरीमा मात्रै कोरोना जाँच हुन्थ्यो । पछिल्लो दिनमा मेडिकल कलेज र बागेश्वरी ल्याबमा समेत कोरोना परीक्षण हुन्छ । यी दुई ठाउँको आजको रिपोर्ट आइपुगेको छैन ।


error: यो सुविधा उपलब्ध छैन !