भारतीय नागरिक ब्राउनसुगरसहित पक्राउ

नेपालगञ्ज – भारतीय नागरिक औषधी ब्राउनसुगरसहित नेपालगञ्जमा पक्राउ परेका छन् ।
भारत लखिमपुर ग्राम गुलराटाडा बस्ने २१ वर्षका आरिफलाई नेपालगञ्जको एक्लैनीबाट ६ ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको हो ।
लागु औषध नियन्त्रण ब्यूरोको टोलीले दिउँसो साढे तीन बजेतिर आरिफलाई खानतलासी गर्दा पाइन्टको बाँया खल्तीमा ७ वटा पोकामा राखिएको ब्राउनसुगर बरामद भएको हो । आरिफ नेपालगञ्जमा ब्राउनसुगर पु¥याउन आएको बुझिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !