कोरोनाबाट दाङका ६५ वर्षीय पुरुषको मृत्यु

नेपालगञ्ज – बाँकेमा उपचार गराउन आउदा दाङका ६५ वर्षीय पुरुषको मृत्यु भएको छ ।
स्वास्थ्यमा समस्या भएपछि कात्तिक ९ गते कोहलपुर मेडिकल कलेजमा उपचार गराउन ल्याइएका ६५ वर्षीय पुरुषलाई भोलीपल्ट कोरोना पुष्टि भएको थियो ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोना फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, उनको आज दिउँसो ३.५० बजे मृत्यु भएको छ ।
योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउदा मृत्यु हुनेको संख्या १७ पुगेको छ ।


error: यो सुविधा उपलब्ध छैन !