नरैनापुरमा मोहम्मद डेको विदा

नेपालगञ्ज – बाँकेको नरैनापुर गाउँपालिकाले मोहम्मद डेमा सार्वजनिक विदा दिएको छ ।
कातिक १४ गते शुक्रबार परेको मोहम्मद डेमा सार्वजनिक विदा दिइएको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्मजयन्तीलाई इस्लाम धर्माबलम्बीहरुले धुमधामका साथ मनाउने गर्दछन् ।
गाउँपालिकाका अध्यक्ष शाहले एक शुभकामना सन्देश दिँदै भन्नुभएको छ, ‘विश्वलाई शान्ति र अहिंसाको बाटोमा लान मोहम्मद हजरत पैगम्बरको प्रेरणादायी जीवन र उपदेशले सबैमा प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गदछौं ।’
स्थानीय तहले आवश्यकता अनुसार स्थानीय विदा दिन सक्ने व्यवस्था अनुसार मोहम्मद डेका अवसरमा शुक्रबार गाउँपालिकामा सार्वजनिक विदा दिइएको प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले बताउनुभयो । गाउँपालिकाले गत बर्ष पनि सार्वजनिक विदा दिएको थियो । नरैनापुर मुस्लिम समुदायको बाक्लो बसोबास रहेको क्षेत्र हो ।


error: यो सुविधा उपलब्ध छैन !