सिडिओलाई कोरोना

नेपालगञ्ज – बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङलाई कोरोना पुष्टि भएको छ ।
कोरोना रोकथाममा शुरुवातदेखि नै फिल्डमा खटिएका प्रमुख जिल्ला अधिकारी कुरुम्बाङलाई कोरोना पुष्टि भएको हो ।
प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले कोरोनाविरुद्ध लड्दा लड्दै आफै संक्रमित भएकाले आफूसँग सम्पर्कमा रहनु भएका सबैलाई सावधानी अपनाउनु आग्रह गर्नु भएको छ ।
बाँकेमा यसअघि सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेललाई कोरोना पुष्टि भइसकेको छ ।


error: यो सुविधा उपलब्ध छैन !