सकियो सात दिने सिओसी प्रशिक्षण
बर्दिया – बालिका तथा युवा सशक्तिकरण र बाल विवाह रोकथाम परियोजनाअन्तर्गत परिवर्तनका सहजकर्ताहरुलाई ७ दिने सिओसी प्रशिक्षक प्रशिक्षण दिइएको छ ।
प्लान ईन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह (बीग्रुप) बाँकेको साझेदारीमा सञ्चालित परियोजनाले बर्दियाको ठाकुरद्वारामा उक्त प्रशिक्षण दिएको हो ।
तलिममा सिओसी १ र २ मोडुलहरु, लैंङ्गिक रुपान्तरण, लैंङ्गिक समानता, बाल अधिकार, बिषयहरुमा अनुशिक्षण गरिएको थियो ।
तालिमको समापन कार्यक्रममा सिओसी सहजकर्ता कृष्णराम थारु आफ्नो भनाई राख्दै सिओसी मोडुलहरुलाई सहि तरिकाले सहजीकरण गर्न सकियो भने पक्कै पनि हामीले खोजेको परिणाम निकाल्न सकिन्छ भन्नुभयो ।
सिओसी सहजकर्ता पार्वती मल्लले वालविवाह रोकथामका लागी समुदायलाई बुझाउन आवश्यक भएको र सिओसी सदस्यहरुबाटै सम्भव हुने र यो अवसर आफुलाई प्राप्त भएको बताउनु भयो ।
असोज २८ गतेदेखि कात्तिक ४ गतेसम्म चलेको तालिमको समापन कार्यक्रम संयोजक दिनेश कुमार चौधरीले गर्नुभएको थियो । तालिममा प्लान ईन्टरनेशनल नेपालका क्षेत्रीय फिल्ड कार्यालय सुर्खेतका कार्यक्रम विज्ञ बिनय ज्ञवाली र स्रोत व्यक्तिको रुपमा बीग्रुप बाँकेका कार्यक्रम प्रबन्धक प्रकाशकुमार शर्माले तालीमको सहजिकरण गर्नु भएको थियो ।
बी गु्रपले प्लान ईन्टरनेशनल नेपाल सँगको साझेदारीमा बर्दिया जिल्लाको राजापुर नगरपालिकाको ६ र ८ नम्बर वडा, गुलरिया नगरपालिकाको ११ र १२ नम्बर वडा, बढैयाताल गाउँपालिकाको वडा नम्बर ७, ८ र ९ तथा बाँसगढी नगरपालीकाको वडा नम्बर ६ र ८ मा बालविवाह रोकथाम परियोजना सञ्चालन गरिरहेको छ ।
बाँकेमा खजुरा गाउँपालिकाको वडा नम्बर ४ र ५, बर्दिया जिल्लाको मधुवन नगरपालिकाको वडा नम्बर १ र २, बारबर्दिया नगरपालिकाको वडा नम्बर ३ र ५ मा बालिका तथा युवा सशक्तिकरण परियोजना सञ्चालन गरिरहेको छ । प्रत्येक वडाहरुमा १० देखि १५ बर्ष र १६ देखि २४ बर्ष उमेरका २५-२५ किशोर तथा किशोरीहरुको समूह गठन गरी किशोर तथा किशोरी कक्षाहरु सञ्चालन गरिरहेको छ ।