७० जना डिस्चार्ज

नेपालगञ्ज – बाँकेमा सोमबार ७० जनाले कोरोनालाई जितेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, ३९ पुरुष र ३१ महिला डिस्चार्ज भएका छन् ।
असोज १९ गते कोरोना पुष्टि भएपछि उनीहरु भेरी अस्पताल, मेडिकल कलेज, आर्मी अस्पताल र होम आइसोलेसनमा बसेका थिए ।
जिल्लामा अहिलेससम्म दुई हजार एक सय ९ जना डिस्चार्ज भएका छन् । ५ सय ५३ जना आइसोलेसनमा रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !