३९ जना होम आइसोलेसनमा
नेपालगञ्ज – बाँकेमा होम आइसोलेसनमा ३९ जना रहेका छन् ।
होम आइसोलेसनमा बस्नुलाई ‘खतरनाक’ मानिएपनि जिल्लामा ३९ जना घरमै बसेका हुन् । होम आइसोलेसनमा बसेकाहरुको अवस्थामा सामान्य रहेको अधिकारीहरुले बताएका छन् ।
जेष्ठ नागरिक र दीर्घरोगीलाई होम आइसोलेसनमा राख्न नहुने घटनाहरुले देखाइसकेको छ । कोहलपुरकी ७६ वर्षीया महिला र बर्दियाका क्याम्पस प्रमुख होम आइसोलेनमा बसेका थिए । स्वास्थ्य बिग्रिएपछि उनीहरुलाई अस्पताल लगिएको थियो । तर, सेवा लिन नपाउदै मृत्यु भयो ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, जिल्लाको भेरी र मेडिकल कलेज, कोहलपुरको आइसोलेसन युनिटमा २० जना गम्भीर बिरामी रहेका छन्, भेरीमा १६ र मेडिकल कलेजमा ४ जना । मध्यम खालका ४४ जना बिरामी छन् । भेरीमा ४२ र मेडिकल कलेजमा दुई जना । सामान्य बिरामी भने मेडिकल कलेजमात्रै छन्, ४२ जना ।